बिर्तामोड । बिहीबार ५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा बिर्तामोड नगरपालिकाले नगर स्तिरीय वक्तित्वकला कार्यक्रम सम्पन्न गरेको छ ।
नगरपालिकाको सभाहलमा सम्पन्न उक्त वक्तित्व प्रतियोगितामा कन्चनजंघा ईंग्लिस स्कुलमा अध्ययनरत विद्यार्थी सृजन श्रेष्ठ प्रथम भएका छन् भने निधी माध्यमिक विद्यालयकी विद्यार्थी युनिसा तामाङ दोस्रो र एभ्रेष्ट स्मार्ट स्कुलका विद्यार्थी उज्जवल ढुंगाना तेस्रो भएका छन् । त्यसै गरी देवी माद्यमिक विद्यालयकी जिना अधिकारी, मनकामना माद्यमिक विद्यालयकी पुजा अधिकारी सान्तवना भएका हुन् ।
विजयी विद्यार्थीहरुले क्रमश २५ सय, २ हजार, १५ सय र १–१ हजार रुपैयाँ नगद सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।
‘समुदायको बिकासमा शिक्षाको योगदान’ शिर्षकमा सम्पन्न उक्त वक्तित्व प्रतियोगितामा नगरका विभिन्न विद्यालयहरुबाट २० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगीतामा निर्णायकको भुमिकामा पूर्व उपसचिव युवराज पाण्डे र उद्धव विष्ट रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख पवित्रा महतारा प्रसाई , विशेष अतिथि नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, दुर्गा माध्यमिक विद्यालय गरामनिका शिक्षक धर्मेन्द्र भट्टराई र निर्णायक उद्दव विष्टले बोल्नु भएको थियो ।
नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा नगरप्रमुख पवित्रा महतारा प्रसाईंको उपस्थिती रहेको थियो । त्यसै गरी विशेष अतिथीमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको उस्थिती थियो भने अतिथीहरुमा दुर्गा माध्यमिक विद्यालय गरामनीका शिक्षक धर्मेन्द्र भट्टराई, उद्धव विष्ट र पूर्व उपसचिव युवराज पाण्डेको उपस्थिती रहेको थियो ।
शिक्षा अधिकृत दिनेश आचार्यले स्वागत मन्तव्य राख्नु राखेको सो कार्यक्रम केशर खवासले सञ्चालनगरेका थिए ।







