• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कुलो र सडक क्षेत्रमा बनाइएका संरचना भत्काईने


  •    संवाददाता/ बिहिबार, भदौ २३, २०७९  

  • २३ भदौ, बिर्तामोड । बिर्तामोड नगरपालिकाले सार्वजनिक पैनी , कुलो र सडक क्षेत्र अतिक्रमण गरी अनधिकृत रुपमा निर्माण गरिएका भौतिक संरचना भत्काउने भएको छ ।

    नगरपालिकाले सार्वजनिक सूचना जारी गरी ती अनधिकृत संरचना हटाउन १५ दिनको अल्टिमेटम दिएको हो । त्यस सूचनाको बेवास्ता गरी भौतिक संरचनाहरु नहटाएमा कानून बमोजिम कार्वाही प्रक्रिया अघि बढाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेद्वारा जारी सूचनामा उल्लेख छ ।

    Advertisement

    न्यौपानेद्वारा बुधवार जारी सूचनामा भनिएको छ,‘बिर्तामोड नगरक्षेत्रभित्र रहेका बिभिन्न पुराना सार्वजनिक पैनी तथा कुलोहरुमा अनधिकृत रुपमा भौतिक संरचनाहरु निर्माण गरी पानी निकास अवरुद्ध गरेको पाईनुका साथै विभिन्न सार्वजनिक सडकहरुको क्षेत्र समेत अतिक्रमण गरी अनधिकृत रुपमा भौतिक संरचनाहरु बनाई बसोबास गरिरहेको पाईएकाले त्यस प्रकारका कार्यहरु तुरुन्त बन्द गरी अनधिकृत रुपमा निर्माण गरिएका भौतिक संरचना सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र हटाई सार्वजनिक सम्पत्तिको संरक्षण तथा संबर्द्धनमा सहभागी हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । सूचनाको बेवास्ता गरि भौतिक संरचनाहरु नहटाईएमा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाईने व्यहोरा समेत यसै सूचनामार्फत् जानकारी गराईन्छ ।’

    Advertisement

    बिर्तामोड नगरक्षेत्रभित्र पैनी , कुलो र सडकको कयौ विगाह जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिएको छ । मेची आँखा अस्पतालको दक्षिणपट्टी बिर्तामोड– भद्रपुर सडकको क्षेत्रसम्म व्यवसायीहरुले ट्रस बनाएपछि त्यसलाई लक्षित गरी नगरपालिकाले सूचना जारी गरेको हो । त्यस्तै बिर्तामोड १० सैनिक बजारमा रहेको पैनीमा बनाइएका टहराहरुलाई हटाउन सो सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । त्यस्तै बिर्तामोडबाट भद्रपुरतर्फ जाने सडकमा मुक्तिचोक दक्षिण व्यवसायीहरुले सडक क्षेत्र मिचेर पसल अगाडि ट्रस बनाएकाले ती संरचना पनि हटाउने कार्यपालिका बैठकले निर्णय गरेको न्यौपानेले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.