पछिल्लो २४ घण्टामा झापामा १४ जना कोरोना संक्रमित थपिएका छन् ।
संक्रमितहरु कमल गाउँपालीकाका ६ ,मेचीनगर र बिर्तामोडका ३÷३ तथा हल्दिबारी र गौरीगञ्जका १ ÷१ जना रहेका स्वास्थ्य कार्यालय झापाका फोकलपर्सन जीवन चम्लागाईले समय सञ्जाल डटकमलाई जानकरी दिनुभयो ।
बिराटनगर र धरानमा गरीएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरुमध्ये मेचीनगरका ३ , बिर्तामोड र गौरीगञ्जका २ जना नागरीहरु भारतबाट आएका हुन् भने बिर्तामोडका १ जना चितवनबाट फर्किएका व्यक्ति रहेको चम्लागाईँले बताउनुभयो । कमल गाउँपालीकाका ६ जना भने स्थानीय रहेका छन् ।
Advertisement







