नेकपा एमाले झापा जिल्ला क्षेत्र नम्बर ४ क्षेत्रिय समन्वय कमिटिले आगामी निर्वाचनमा प्रतिनिधि सभाका लागि माननीय लाल प्रसाद साँवा लिम्बू(एलपी साँवा)लाई प्रत्यक्षतर्फ सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।
झापा जिल्ला क्षेत्र नम्बर ४ को उम्मेदवारमा उनलाई सो क्षेत्रबाट सर्वसम्मत रुपमा उम्मेदवारमा सिफारिस गरिएको हो । नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष समेत रहेका साँवा एक कुशल व्यवासायी पनि हुन । महासंघमा पनि राम्रो नेतृत्व गरिरहेका साँवाले यस अघि पनि ४ नम्बर क्षेत्र बाट प्रतिनिधि सभा चुनाव जितेका हुन । साँवाले आफ्नो क्षेत्रमा पुर्याएकाे योगदानका कारण उनी एक विकासप्रेमि नेताका रुपमा परिचित छन ।
Advertisement







