बिर्तामोड । शनिबार बिर्तामोडमा नेपाल इंलिस ल्याङ्ग्वेज टिचर्स एसोसिएसन नेल्टा झापा शाखाद्वारा संस्थाको आजिवन सदस्यहरुलाई एक दिने प्रशिक्षण तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।
होटल सिभांस हेवेन पार्कमा आयोजित उक्त कार्यक्रममा पछिल्लो एक बर्षमा सदस्यता हासिल गरेका ४० जना नयाँ सदस्यहरु लाई संस्थाले स्वागत गर्दै प्रशिक्षण दिएको हो ।
संस्थाको आजीवन सदस्य बनेका अङ्ग्रेजी भाषाका शिक्षकहरुको लागि आयोजित उक्त कार्यक्रममा जिल्लाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको उपस्थिती रहेको थियो ।
नेल्टा झापाले जिल्लामा शिक्षकको पेशागत विकासमा सहयोग गर्न विभिन्न किसिमका तालिम, सेमिनार र गोष्ठीहरुको आयोजना गर्दै आएको छ । संस्था ले शैक्षिक सामग्री निर्माण तथा वितरण गर्ने कार्य समेत गर्दै आएको नेल्टा झापाले बताएको छ ।
नेल्टा झापा का अध्यक्ष तथा केन्द्रीय सदस्य धर्मेन्द्र भट्टराई र उपाध्यक्ष केशव मैनाली ले स्वागत गरेका थिए । सो अवसरमा केन्द्रीय सदस्य भट्टराई ले झापा जिल्लाको बिगत बर्षहरुमा भएका कृयाकलाप र आगामी कार्यक्रम हरु बारेमा जानकारी दिएका थिए । कार्यक्रममा सहभागीहरुले आ–आफ्नो परिचय दिदै संस्थाका आगामी कार्यक्रम बारेमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा इक्यान झापा अध्यक्ष मिलन ओली, रोटरी क्लब अफ बिर्तामोड मिडटाउन का अध्यक्ष सुमन शर्मा जमरकट्टेल लाईमलाइट एजुकेशन कन्सल्टेन्सी का दिपक वाग्ले, लगायतका अतिथि हरु ले मन्तव्य राखेका थिए । कार्यक्रममा नेल्टा सदस्य जेनी राई, केशव उप्रेती, संगिता बस्नेत, राम प्रसाद पराजुली, डेजी श्रेष्ठ, भानु वाशिष्ठ, पुजा खतिवडा, दुर्गा रेग्मी लगायत ले आफ्नो अनुभव प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रम नेल्टाका उपाध्यक्ष केशव मैनाली ले स्वागतर सचिव टिका प्रसाद सुवेदी ले संचालन गरेका थिए । कार्यक्रम नेल्टा झापा अध्यक्ष धर्मेन्द्र भट्टराई को सभापतित्वमा सम्पन्न भएको थियो ।







