• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अर्जुनधारामा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता हुने


  •    संवाददाता/ बुधबार, भदौ १५, २०७९  

  • बिर्तामोड । अर्जुनधारा नगरपालिका–३ कैदलेस्थित प्राकृतिक खेल मैदानमा च्यारिटी युथ क्लब (सीवाईसी)को आयोजकत्व र जुनतारा महिला फुटबल क्लब सह–आयोजकत्वमा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको छ ।

    यस प्रतियोगितामा प्रदेश नं. १ का उदयपुर, धनकुटा, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङको गरी ८ वटा टिम सहभागी हुने खेल संयोजक याम खवासले जानकारी दिए ।

    Advertisement

    आयोजक च्यारिटी युथ क्लब (सीवाईसी)ले जनाएको छ । यस प्रतियोगितामा जुनतारा महिला फुटबल क्लब सहआयोजकको रुपमा रहेको छ ।

    Advertisement

    विजय दशमी पर्वलाई लक्षित गरेर संचालन हुने फुटबल प्रतियोगिता आगामी असोज ९ गतेबाट सुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल फूलपातीको दिन हुने प्रतियोगिता आयोजक समितिकी संयोजक हिमा मगरले जानकारी दिइन् ।

    करिब २० लाख खर्च अनुमान गरिएको प्रतियोगिता सम्पन्न गर्नका लागि १०१ सदस्यीय मूल आयोजक समिति गठन गरि जिम्मेवारी बाँडफाँड गरिएको आयोजकले जनाएको छ ।

    मगरको अध्यक्षतमा गठित समितिको उपाध्यक्षमा सुर्य इम्बुङ व्यवस्थापन संयोजक, याम खवास खेल तथा कार्यक्रम संयोजक, सचिव लिला बल्लभ खतिवडा आर्थिक संयोजक, सहसचिवमा तेजमाया राई अतिथि सत्कार संयोजक र सन्ध्या रिजाल स्वयं सेवक परिचालनमा रहेका छन् ।

    यस्तै, अनुगमन संयोजकमा शुक्रराज (दिपक) दुलाल, लेखा संयोजकमा कञ्चन काफ्ले, सल्लाहकार संयोजकमा ढुण्डिराज गौतम र प्रचार प्रसार संयोजकमा युवराज चाँपागाई, तथा सांस्कृतिक संयोजकमा साजन तामाङ रहेका छन् ।

    प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ र ट्रफी पाउने छन् । उपविजेताले नगद ५५ हजार ५५५ र ट्रफी पाउने छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.