• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेविसंघले तालाबन्दी गर्ने र फाइल ‘लुटेपछि’ त्रिविले माग्यो गृहसँग भरपर्दो सुरक्षा


  •    संवाददाता/ आइतबार, भदौ १२, २०७९  

  • झापा । सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था, नेविसंघले त्रिभुवन विश्वविद्यालयका विभिन्न निकायमा तालाबन्दी गरेको र त्रिवि कार्यकारी परिषद बैठकबाटै महत्वपूर्ण फाइल लुटेको भन्दै त्रिविले गृह मन्त्रालयसँग भरपर्दो सुरक्षा व्यवस्था मिलाइदिन अपिल गरेको छ ।

    नेविसंघको केही समूहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी र कर्मचारीलाई धम्क्याउने, विश्वविद्यालयको दैनिक कामकारबाही गर्दा बारम्बार कार्यालयमा जबरजस्ती प्रवेश गरी अवरोध गर्ने कार्य गरिरहेको त्रिविले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    Advertisement

    त्रिवि उपकुलपतिसहित पदाधिकारीका कार्यकक्षमा प्रवेश गरी तोडफोड गर्नेजस्ता कार्य बारम्बार हुने गरेकोले विश्वविद्यालय परिसरमा बसेर छलफल गर्न सुरक्षाका दृष्टिले असहज भएर त्रिवि कार्यकारी परिषद बैठक गत शुक्रबार एल्लो प्यागोडा होटलमा गरिएको त्रिविले जारी गरेको अपिलमा दाबी गरिएको छ ।

    Advertisement

    ‘भदौ १० गते अपरान्ह ४ः३० बजे १०÷१५ जनाको समूह त्रिवि कार्यकारी परिषद बैठक कक्षमा प्रवेश गरी पदाधिकारी, कार्यकारी परिषदका सदस्यहरू र कर्मचारीबाट विगतका निर्णसहितको पुस्तिका र अन्य महत्वपूर्ण कागजात र फाइल खोस्ने÷कब्जा गर्ने, पदाधिकारीलाई हातपात गर्न खोज्नेजस्ता अभद्र व्यवहार गरी महत्वपूर्ण काजगात लुटी लिने कार्यप्रति विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ ।

    नेविसंघका गतिविधिले विश्वविद्यालयका नियमित काम प्रभावित भएको त्रिविको भनाइ छ । विश्वविद्यालय र क्याम्पस कार्यालयको आर्थिक व्यवस्थापनमा पनि समस्या भएको त्रिविको भनाइ छ । लेखा शाखामा तालाबन्दीका कारण मुलुकभरका शिक्षक, कर्मचारीले गत असारदेखि नै तलब नपाएको त्रिविले जनाएको छ ।
    तालाबन्दीकै कारण निवृत्त भएका शिक्षक तथा कर्मचारीहरू निवृत्तभरण तथा उपदानलगायत सुविधाबाट बञ्चित भएको पनि त्रिविले बताएको छ ।

    विभिन्न निर्माण व्यवसायी, विद्युत प्राधिकरण, टेलिफोन र खानेपानीको नियमित रूपमा हुनुपर्ने भुक्तानी हुन नसकेको त्रिविले जनाएको छ । यसबाट त्रिविले लाखौं जरिबाना तिर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.