• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

टोलभरका बालबालिका नै विद्यालय जाँदैनन्


  •    संवाददाता/ शुक्रबार, भदौ १०, २०७९  

  • बिर्तामोड । कल्पना मण्डल ११ वर्ष लागिन् । उमेरअनुसार उनी अहिले कक्षा ६ पढ्नुपर्ने हो । तर भर्खर कक्षा ३ मा पढ्दै छिन् । उनकी बहिनी करुणा ८ वर्षकी भइन्, बल्ल कक्षा १ मा भर्ना भएकी छन् ।

    बिर्तामोड नगरपालिका–७ हर्चनास्थित नगर गौरव टोलका अधिकांश बालबालिका विद्यालय जाँदैनन् । जानेहरूको पनि उमेरअनुसारको पढाइ छैन । ठूलो उमेरका बालबालिका सानो कक्षामा पढ्छन् । जसको असर, आधारभूत तह (कक्षा ८) सम्मको पढाइसमेत पूरा नगरी विद्यालय जान छाड्नेको संख्या बढ्दो छ । टोलमा ३७ घरपरिवारको बसोबास छ । सबै अति विपन्न आदिवासी समुदायका छन् । प्रतिपरिवारमा औसत तीन बालबालिका छन् ।

    Advertisement

    टोलमा विद्यालय जाने उमेरका सय बढी बालबालिका छन् । उनीहरूमध्ये आधा मात्रै पढ्न जान्छन् । केही नाम लेखाए पनि विद्यालय नजाने छन् । बेला भइसके पनि ३५ जनाभन्दा बढी बालबालिका विद्यालय भर्ना भएका छैनन् । ‘स्कुल टाढा छ, मेनरोड हुँदै जानुपर्छ, साना केटाकेटीलाई कसरी पठाउनु ?’ कल्पनाकी आमा रेखाले भनिन्, ‘चार वर्षकी कान्छी छोरी रचनालाई पनि बालविकास कक्षामा भर्ना गर्नुपर्ने हो ।’ तर स्कुल टाढा भएकाले भर्ना नगरिदिएको उनले बताइन् ।

    Advertisement

    उर्मिला रायका चार छोराछोरीमध्ये तीन छोरी विद्यालय जान्छन् । जेठी ८ वर्षकी ऋतिका कक्षा १ मा पढ्छिन् । जुम्ल्याहा ७ वर्षका ऋदिमा र ऋषिकालाई यस वर्षदेखि बालविकास कक्षामा भर्ना गरिदिएको रायले बताइन् । ‘टाढा भएकाले केटाकेटी विद्यालय जानै मान्दैनन्, कहिले १० दिनसम्म, कहिले १५ दिनसम्मै पढ्न जाँदैनन्’ उनले भनिन्, ‘हामी बिहानै काममा निस्कन्छौं, उनीहरू विद्यालय नगई घरमै खेलेर बस्छन् ।’

    टोलदेखि दुई किलोमिटरको दूरीमा शुक्रराज आधारभूत विद्यालय छ । उत्तरतर्फ करिब डेढ किलोमिटरको दूरीमा जनता आधारभूत विद्यालय छ । जंगलको बाटो हुँदै जानुपर्ने भएकाले टोलवासीले बालबालिकालाई जनता आधारभूत पठाउँदैनन् । अधिकांश शुक्रराज आधारभूत विद्यालय नै जान्छन् । ‘बिर्तामोड–भद्रपुर रोड हुँदै शुक्रराज स्कुल जानुपर्छ, केटाकेटीलाई गाडीले ठक्कर दिन्छ भनेर धेरै जना डराउँछन्, त्यसैले विद्यालय जाने उमेर पुगिसके पनि धेरैले छोराछोरीलाई स्कुल पठाउँदैनन्, ७/८ वर्षको पुगेपछि मात्रै भर्ना गर्छन्,’ टोल विकास संस्थाका अध्यक्ष शंकर चौधरीले भने ।

    उमेर पुगेर पनि विद्यालय नजाने बालबालिकाको संख्या बढेपछि स्थानीयले टोल नजिकै बाल विकास केन्द्र स्थापनाको माग गरेका छन् । विद्यालय भर्ना नहुने तथा नियमित विद्यालय नजाने विद्यार्थीको संख्या बढ्दै गएपछि यसबारेमा नगरपालिकालाई लिखित रूपमै जानकारी गराएको उनले बताए ।

    ‘विद्यार्थीका लागि सानो कक्षा नै महत्त्वपूर्ण हुन्छ, त्यही कक्षा पढेन भने कसरी ठूलो कक्षा पढ्न सक्छ ?’ अध्यक्ष चौधरीले भने, ‘यो समस्या समाधानका लागि टोल नजिकै एउटा बालविकास केन्द्र स्थापना गर्न नगरपालिकालाई लिखित निवेदन दिएका छौँ ।’ शुक्रराज आधारभूतका प्रधानाध्यापक कृष्ण सुवेदीका अनुसार यस वर्ष विद्यालयले १५ दिन विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको थियो । तर भर्ना अभियान उक्त टोलमा पुगेन ।

    नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले उक्त विषयबारे आफू जानकार रहेको बताए । उनले छलफल भए पनि निर्णयमा पुग्न नसक्दा समस्या सम्बोधन नभएको प्रस्ट्याए ।

    ‘भएको विद्यालयमा बालबालिका गइरहेका छैनन्, त्यसको विकल्प भनेको टोल नजिकै अर्को बालविकास केन्द्र स्थापना गर्नु हो,’ भण्डारीले भने, ‘त्यसका लागि संरचना बनाउनुपर्‍यो, शिक्षक राख्नुपर्‍यो, शिक्षकलाई न्यूनतम नै भए पनि नियमित तलब दिनुपर्‍यो ।’ उनका अनुसार यी सबैका लागि चाहिने दिगो स्रोत व्यवस्था नभएकाले समस्या सम्बोधन गर्न नसकिएको हो ।

    (स्रोत : कान्तिपुर दैनिक)

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.