• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

५० करोडको दान दिने दाता राजवंशीको घर निर्माण गरिने


  •    संवाददाता/ आइतबार, भदौ ०५, २०७९  

  • बिर्तामोड, भदौ ५ । विगतमा दुर्गा मावि गरामनीलाई करोडौंको जग्गा दान दिएर अहिले विचल्लीमा परेका जग्गादाता उजारु राजवंशीको परिवारका लागि विद्यालयको अगुवाईमा घर निर्माण गरिने भएको छ ।

    हिजो जग्गाजमिन हुँदाखेरि विद्यालयलाई सहयोग गरेका राजवंशी परिवार अहिले विचल्लीमा परेपछि विद्यालयले गुन तिर्न लागेको हो । जग्गादाता उजारु राजवंशीको निधनपछि उनको परिवार झनै समस्यामा परेको हो । उजारुकी श्रीमती चम्पा राजवंशी बस्ने राम्रो घर नभएपछि घर बनाइदिने अभियान संचालन गर्न लागिएको हो । उजारु राजवंशीको आवास निर्माण गर्नका लागि आइतवार एक समिति गठन गरिएको छ ।

    Advertisement

    दुर्गा माविका प्रधानाध्यापक कृष्णप्रसाद पाठक सयोजक रहेको सो समितिको सदस्यहरुमा पत्रकार तथा पुर्व विद्यार्थी सरोज पौडेल ,इन्द्रसिंह राजवंशी ,सुमन राजवंशी र उमानाथ भण्डारी रहेका छन् । त्यस्तै वडाध्यक्ष हरिप्रसाद चौलागाईको संयोजकत्वमा सल्लाहकार समिति पनि बनाइएको छ । जसको सदस्यहरुमा कृष्ण पाण्डे , सल्पना राजवंशी ,सुरेन राजवंशी , धर्मेन्द्र भट्टराई र पूर्णबहादुर श्रेष्ठ रहेका छन् । दाता परिवारको दुख देखेर आफूहरुको अगुवाईमा सबैको सरसहयोगमा घर निर्माण गर्न लागिएको प्रधानाध्यापक पाठकले बताए । उनले बुधवार बैंक खाता खोलेर सहयोग संकलन गरिने र केही दिनमै घर निर्माण शुरु गर्ने जानकारी दिए ।

    Advertisement

    त्यस्तै वडाध्यक्ष चौलागाईले अहिले दुखमा परेको राजवंशी परिवारको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । सोही कार्यक्रममा राजवंशी परिवारलाई क्रिया खर्चका लागि विद्यालयले रु ११ हजार रुपैयाँ सहयोग गरेको छ । कार्यक्रममा वडाध्यक्ष चौलागाई , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण पाण्डे , प्रधानाध्यापक पाठक ,राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी , विद्यालयका शिक्षकहरु, पत्रकार र स्थानीयको सहभागिता रहेको थियो । प्रतिदिन दैनिकले दाता उजारु राजवंशीको समस्याका बारेमा समाचार प्रकाशित गरेको थियो ।

    जग्गादाता उजारुको काजक्रियाका लागि सहयोग
    दुर्गा मावि गरामनीलाई करोडौंको जग्गा दान दिने राजवंशीको काजक्रियाका लागि राजवंशी विकास प्रतिष्ठानले सहयोग उपलब्ध गराएको छ ।

    प्रतिष्ठानले शनिवार उजारु राजवंशीको तीन दिनको क्रिया (तीन सिनान ) मा पाँच बोरा चामल र एक बोरा मुरै मृतक परिवारलाई उपलब्ध गराएको हो । विभिन्न दाताहरुबाट संकलन गरी ती खाद्यान्न उपलब्ध गराइएको प्रतिष्ठानका सचिव इन्द्रसिंह राजवंशीले बताए ।

    दुर्गा माविलाई एक विगाह जग्गा दान दिने बिर्तामोड ९ निवासी दानवीर राजवंशी र उनको परिवारमा यस्तो हविगत भएको हो । राजवंशीको गत बुधवार ७५ वर्षको उमेरमा निधन भएको हो । उनी विगत ६ महिनादेखि प्यारालाइसिस रोगले थलिएका थिए । श्रीमती चम्पा राजवंशीसंग भत्किन लागेको कटेरोमा राजवंशी बस्दै आएका थिए । बृद्ध भत्ताबाटै ती दुवैले गुजारा गरेका थिए ।उनीहरुका तीन छोरा मजदुरी गरेर आफ्नो परिवार पाल्छन् । मृत्यु हुँदा रकम संकलन गरेर अन्त्येष्टि गरेको छिमेकी मुक्ति श्रेष्ठले बताइन् । ‘उनीहरु बस्ने कटेरोमा बर्खाको पानी चुहिन्थ्यो ’उनले भनिन् ‘ पानीबाट जोगाउन प्लाष्टिकले घर छोपिदियौं ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.