नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पाँच दलीय गठवन्धनले जिते देश थप २०÷२५ बर्ष पछि धकेलिने टिप्पणी गरेका छन् ।
चितवनको भरतपुरमा शनिबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव रायमाझीले एमालेविरुद्ध बनेको गठबन्धनले निर्वाचनमा जितेमा देश अहिलेकै जस्तो हालतमा पुग्ने र नेपाली जनता थप निराश हुनुपर्ने अवस्था आउने बताए ।
उनले एमाले विरुद्ध अरु पार्टीहरु अस्तित्व रक्षाका लागि गठबन्धन गरेर आउन लागेका बताए । ‘एमाले बलियो छ भनेर नै उनीहरु गठवन्धनमा टुक्रेटाक्रे दलहरु जोडजाड गर्दैछन्’ उनले भने, ‘स्थानीय तहमा भएका कमी कमजोरीलाई सच्याउँदै एमाले चुनावमा बहुमत ल्याउने गरी जान्छ ।’
Advertisement







