राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको मेडिसिटी अस्पताल पुगेर नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।
बिहान ११ बजे अस्पताल पुगेकी राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा उपेन्द्र महतोले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए । राष्ट्रपति भण्डारीले गिरिका परिवारसँग पनि भेट गरी सहानुभूति प्रकट गर्नुका साथै स्वास्थ्य लाभको कामना गरेको उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
राष्ट्रपति करिब एक घण्टासम्म अस्पतालमा रहेकी थिइन् । प्रतिनिधिसभा सदस्य गिरि लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिना अघि नेपाल फर्किएका थिए ।
Advertisement







