भाद्र २ बिर्तामोड । न्यूटन्स् बाल क्लबले छात्राहरुलाई साईबर अपराध सम्बन्धि तालीम सम्पन्न गरेको छ।
पछिल्लो समय बालबालिकाहरु मोबाइल र ईन्टरनेटको प्रयोग गर्ने क्रम र समय बढे संगै साईबर अपराध पनि बढ्दै गएकाले तालीमको आयोजना गरिएको बालक्लब फोकल पर्सन मिनु शिवाकोटीले जानकारी दिइन् ।

कक्षा ६ देखि १० सम्मका बालिकाहरु लाई सो विषयको फाईदा ,बेफाइदा र कसरी साईबर अपराध हुन्छ भन्ने बारेमा प्रस्ट्राईएको थियो । तालिममा शिक्षक निरज पाठक ,निश्चल प्रसाईं र बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेलले सहजीकरण गरेका थिए ।
क्लबका अध्यक्ष अर्पणा लोहनीको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन फोकल पर्सन मिनु शिवाकोटीले गरेकि थिइन् । यस्तै बिद्यालय कक्षा ११ मा भर्ना भएका नवागंतुक विद्यार्थीलाई स्वागत तथा अन्तरक्रिया सम्पन्न गरेको छ ।
बिद्यालय परिसरमा अभिभावक ,शिक्षक र विद्यार्थी बिच भएको छ्लफलमा गुणस्तरीय शिक्षा लाई महत्त्व दिन र बालबालिका लाई रचनात्मक कार्यमा सहभागी गराउन अभिभावकले आग्रह गरेका थिए ।
यस बर्षको एसईई परिक्षामा उत्कृष्ट ग्रेडमा विद्यार्थी उत्रिण गराउन सफल बिद्यालयले गुणस्तरीय शिक्षामा जोड दिदै आएको प्रधानाध्यापक देबेन्द्र हुमागाईले जानकारी दिए । लगभग २ सय विद्यार्थीलाई स्वागत गरिएको बताईएको छ।







