चियाको न्यूनतम मूल्यसमेत नपाएपछि इलामस्थित सूर्योदय नगरपालिकाका चिया किसान आन्दोलित बनेका छन् ।
यसअघि भएका सम्झौता कार्यान्वयन गरिदिन उनीहरुले सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेलाई लिखित मागपत्र पेस गरेका छन । गएको वर्ष नै चियाको न्यूनतम प्रतिकिलो ४० रुपैयाँ मूल्य निर्धारण गरिएकोमा अहिले २० देखि ३० रुपैयाँ मात्र उद्योगले उपलब्ध गराउने भनेकाले आन्दोलन गर्नुपरेको आन्दोलन समितिका संयोजक सोनाम छिरिङ काजीले बताउनुभयो ।
एक किलो चिया उत्पादनमा किसानको साढे ३७ रुपैयाँ खर्च हुने गरे पनि वर्षकै सुरुमा उत्पादन भएको चियाको मूल्य २० रुपैयाँ दिन खोजेकाले किसान मारमा परेको उहाँको भनाइ छ ।
Advertisement







