भदौ २ बिर्तामोड । महेन्द्र रत्न माध्यमिक बिद्यालयलाई दाताहरूले १८ थान डस्बिन प्रदान गरेका छन् ।
दाताहरू बिबेक प्रसाईं र राज कुमार पोखरेलले विद्यालयलाई डस्बिन प्रदान गरेका हुन ।
विद्यालय बाट निस्कने फोहोर विद्यालय मै ब्यबस्थापन गर्ने उदेस्यले डस्बिनहरु राखियेको हो ।
बिद्यार्थीहरुलाइ फोहोर मैला ब्यबस्थापन सम्बन्धी सचेतना कार्यक्रम समेत संचालन गरिने वडा नम्बर ३ का वडाध्यक्ष मदन बुडाथोकिले बताए ।
फोहोर मैला ब्यबस्थापनका लागि ३ किसिमका डस्बिनहरु प्रयोगमा ल्याइएको छ । कुहिने ,नकुहिने र फलामका काटिहरु राख्ने गरि बिभाजन गरिएको छ ।
दाताहरुलाई धन्यवाद दिदै प्राप्त सहयोग लाई उचित रुपमा संरक्षण गरिने समेत वडाध्यक्ष बुडाथोकिले बताए ।
Advertisement







