सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा सुरु हुनेछ ।
आजको बैठकमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर आसन्न निर्वाचनमा प्रतिस्पर्धा गर्ने नेपाल समाजवादी पार्टी र राष्ट्रिय एकता अभियानले राखेका ‘सर्त’हरूका बारेमा छलफल हुने बताइएको छ ।
आउँदो मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका बारेमा पनि बैठकमा छलफल हुनेछ ।
Advertisement
माओवादी केन्द्र स्थायी कमिटीको बैठक मंगलबार पनि बसेको थियो । सो बैठकबाट डा. बाबुराम भट्टराई र वामदेव गौतम नेतृत्वको पार्टीलाई आफ्नो दलको चुनाव चिह्न दिएर निर्वाचनमा जान दिने निर्णय गरिएको थियो ।







