श्रावण २९ फिदिम । जन्मदिनको अवसर पाँचथरका बिक्रम तिवारीले अपाङ्गता भएका परिवारलाई सहयोग गरेका छन् ।
पाँचथर फिदिम नगरपालिका स्थित गुडविल फाईनान्सका प्रमुख तिवारीले वडा नम्बर ४ स्थित तामाङ(गोले) परीवारका अपाङ्गता भएका लोक ब.गोले उनकी श्रीमति दुवै आंखा देख्न नसक्ने संचमाया गोले लाई घरमै गएर आर्थिक लत्ताकपडा तथा खाध्यान्न सहयोग गरिएको तिवारीले बताए । 
लामो समय देखि बिचलीमा रहेको परिवारलाई स्थानीय राजेन्द्र अधिकारीको पहलमा सो सहयोग गरिएको हो ।
झापा चन्द्रगडि निवासी तिवारी प्रत्येक बर्ष आफ्नो जन्मदिनमा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन् ।
Advertisement







