• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शुक्रबार, असोज २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गठबन्धनको सरकारले राजनीतिलाई दुश्मनीतिर लैजान खोजेको ओलीको आरोप


  •    संवाददाता/ आइतबार, साउन २९, २०७९  

  • नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकारले राजनीतिलाई दुश्मनीतिर लैजान खोजेको आरोप लगाएका छन्।

    काठमाडौंमा आइतबार आयोजित राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै उनले कहिले जातका नाममा, कहिले भूगोलका नाममा नेपालीलाई भिडाउन खोजिएको बताएका हुन्।

    Advertisement

    अहिलेको नेपाली समाजलाई स्वस्थ प्रतिस्पर्धातिर जानुपर्ने बताए। उनले जातको पहिचानको नाममा एकले अर्कोलाई घृणा गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताए।

    Advertisement

    ‘अहिले गठबन्धनमा भएका दलले दुश्मनीतिर राजनीति लैजान खोजेका छन्। हाम्रो समाज स्वस्थ प्रतिस्पर्धातिर जाने कि दुश्मनीतिर? कहिले जातका नाममा, कहिले भूगोलका नाममा नेपालीलाई भिडाउन खोजिन्छ, सेन्टिमेन्टमा ल्याउन खोजिन्छ‚ हाम्रो पहिचान भनेर। नेपाली पहिचान। हामीले खोज्नुपर्ने नेपाली पहिचान हो‚’ उनले भने, ‘जातका पहिचान यो भन्यो, अनि एकले अर्कोलाई घृणा गर्‍यो। यसरी नेपालीलाई फुटाउन, विभाजन गर्न खोजिएको छ। त्यसो गर्नु राम्रो होइन, हाम्रो देश विविधतायुक्त देश छ।’

    आफूसँग स्वास्थ्योपचारका लागिसमेत पैसा नभएको उनले बताए। उनले आफ्नो र आफ्नो श्रीमतीको नाममा रहेको सबै सम्पत्ति मरणोपरान्त राज्यको नाममा समर्पित गरिसकेको बताए। घरघडेरी बेचेर उपचार गर्छु भन्न पनि मिल्ने अवस्था पनि नरहेको बताए।

    उनले यो सबै आफ्नो कर्म देशका लागि समर्पित रहेकोले देशकै लागि सम्पत्ति दान गरेको बताए। उनले देशको विकासका लागि काम गर्दा विरोधीहरूले काम गर्न नदिएको भन्दै देश विकास र समृद्ध बनाउने अभियानमा अघि बढिरहने प्रतिवद्धता जनाए। उनले कुनैपनि युवाभन्दा आफू सक्रियतामा कम नरहेको दाबी गरे।

    ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ भन्नेमात्र होइन, मैले आफ्नो प्राइभेट प्रपर्टी, मेरो र मेरो श्रीमतीको सम्पूर्ण सम्पत्ति आफ्नो होइन अब राज्यको सम्पत्ति भनेर पास गरिसकेको छु। किनभने म देशका लागि समर्पित छु। त्यसकारण मेरो घर म बाँचुन्जेल, मेरो श्रीमती बाँचुन्जेल, म बस्न पाउँछु, त्यसपछि राज्यको हुन्छ। बिरामी भएँ भने तपाईंहरूले उपचार गराउनु भयो भने हो नत्र मसँग पैसा छैन‚’ उनले भने।

    ‘सांसद छु सांसदको हिसाबले थोरै त आउँछ। नत्र मैले घर बेचेर उपचार गर्छु भन्न मिल्दैन, राज्यलाई दान दिइसकेँ। मेरो डेडिकेशन छ तर इनएक्टिभ खालको होइन, एक्टिभ छ। जबसम्म म जीवित रहन्छु देशका लागि जनताका लागि रहन्छु। कुन्ती मोक्तानले गाएको म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर भने झैँ छु। गीत पनि गाउँदै गर्छु‚ अघि पनि बढ्दै गर्छु। आफ्नो कुरामा आफ्नो अभियानमा म अघि बढिरहन्छु। म युवाहरूभन्दा कम सक्रिय छैन।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.