• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रसाईँकाे अर्को पुण्य काम


  •    संवाददाता/ मङ्गलबार, साउन २४, २०७९  

  • मेडिकल व्यवसायी दुर्गा प्रसाईँले फेरी अर्को पुण्य काम गर्नु भएको छ । प्रसाईँले पछिल्लो पटक दुबईमा सडक दुर्घटनामा परी घाइते भई कोमामा पुगी अलपत्र परेकी एक नेपाली चेलीको उद्धार गर्नुभएको हो ।

    रोजगारीको सिलसिलामा दुबई पुगी सडक दुर्घटनामा घाइते भई अलपत्र परेकी गोदावरी–४,कैलाली जिल्ला घर भएकी ४२ वर्षीया जानकी थापा मगरको प्रसाईँले निजी खर्चमै उद्धार गर्नु भएको हो । रोजगारीको सिलसिलामा विदेश पुगी मृत्युवरण गरी वेशारिशे अवस्थामा रहेका नेपालीहरूका शवलाई नेपाल ल्याएर पुण्यको काम गरी रहनुभएका प्रसाईँले घाइते भई अलपत्र अवस्थामा पुगेका नेपाली चेलीको पनि उद्धार गरेर थप पुण्यको काम गर्नुभएको हो ।

    Advertisement

    थापामगरलाई दुबईको सडकमा स्कुल बसले ठक्कर दिएको थियो । दुर्घटनामा गंभिर घाइते भएकी थापामगरको खुट्टा चल्दैनन् भने कम्मरमा पनि पाँच सात ठाउँ भाँचिएको छ । दुर्घटनापछि अत्यधिक रक्तस्राव र छातीसमेत खराब भई अस्पताल भर्ना भएकी थापामगर रकम अभावकै कारण उपचार र उद्धारको पर्खाइमा थिइन् ।

    Advertisement

    दुबईको एनएमसी रोयल अस्पतालको आइसियुमा अलपत्र अवस्थामा रहेकी थापामगरको उद्धारका लागि त्यहाँ रहेका नेपालीहरूले नेपाली दूतावाससँग पटक पटक आग्रह गरे पनि सुनुवाई नभएपछि प्रसाईँलाई गुहारेका थिए ।

    दुर्घटनामा घाइते भएकी थापामगरको दुबईमा कोही आफन्त पनि नभएको र उपचार पाउनका लागि बिमा पनि नभए पछि थप समस्या भइरहेको थियो । दुर्घटनापछि दुबई प्रहरीले कुनै उजुरी लिन नमान्नु र काम गर्ने कम्पनीले पनि वास्ता नगरेपछि यी चेली अस्पतालमा अलपत्र अवस्थामा थिइन् । अस्पतालबाट निकाल्न र नेपाल ल्याउन पनि ठुलो खर्च लाग्ने भएसँगै यी चेली अलपत्र अवस्थामा छटपटाइरहेकी थिइन् ।

    दुबईमा रहनुभएका नेपालीहरू भीम मल्ल र कमल जिसी लगायतले कतैबाट सहयोग नपाएपछि दुर्गा प्रसाईँलाई समस्याबारे जानकारी गराएपछि उहाँको उद्दार गरीएको प्रसाईले बताउनुभयो ।

    अलपत्र चेलीको अवस्थाबारे सुन्ने बित्तिकै प्रसाईँ उद्धारका लागि तयार हुनुभएको हो । प्रसाईँले कुनै पनि नेपाली चेली विदेशमा यसरी अलपत्र पर्नु विडम्बना भएको बताउनुभयो । नेपाल ल्याइएकी चेली थापामगरलाई प्रसाईले झापामा रहेको आफ्नो हस्पिटलमा थप उपचार गर्ने बताउनुभएको छ ।

    अलपत्र नेपालीको उद्धार गर्नु आफ्नो कर्तव्य सम्झिएर यी चेलीको उद्धार गरिएको उहाँले बताउनुभयो । दुबईका नेपालीहरूले पछिल्लो पटक यदि गरिबको लागि सरकार छ भने दुर्गा प्रसाईँको सरकार भएको महसुस गर्न थालेको उद्धारका लागि पहल गरिरहनुभएका भीम मल्लले बताउनुभयो । ‘सरकार अन्धो भो, दूतावास बहिरो भो, पराइदेशमा चेली अलपत्र परिन् गरिबका लागि सरकार कोही रहेछ भने दुर्गा प्रसाईकै सरकार रहेछ’ उहाँले बताउनुभयो ।

    युएईका नेपालीहरूले पछिल्लो पटक दुर्गा प्रसाईँलाई आफ्नो अभिभावक मान्न थालेको अर्का अभियानकर्ता कमल जिसीले बताउनुभयो । सरकारले समेत गर्न नसकेको कामहरू दुर्गा प्रसाईँले भटाभट गर्न थाले पछि बल्ल आफ्नो अभिभावक पाइएको महसुस भएको उहाँले बताउनुभयो ।

    पछिल्लो समय समाजसेवामा अब्बल देखिनुभएका प्रसाईँले विभिन्न कारणले दुबईमा मृत्यु भई बेवारिसे बनेका नेपालीको शव नेपाल ल्याउने काम गरिरहनुभएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईले अब आफ्नो पहल दुबईका जेलमा रहेका नेपालीलाई नेपाल ल्याउनु रहेको बताउनुभयो ।

    प्रसाईँको पहल र खर्चमा तीन वर्षदेखि दुबईमा बेवारिसे अवस्थामा रहेका ९ नेपालीहरूको शव नेपाल ल्याइसकिएको छ ।

    प्रसाईँले आफूले यी सबै कामहरू मानवीय हिसाबले मात्र गर्न खोजेको बताउनुभयो । कतिपय व्यक्तिहरूले आफूलाई राजनीतिक आँखाबाट हेरेको भन्दै प्रसाईँले विशुद्ध मानवीय सेवाका कामलाई राजनीतिकरण नगरिदिन आग्रह गर्नुभयो । ‘एक नेपालीले अर्को नेपालीको पीडामा मलम लगाउनु हाम्रो मानवीय धर्म हो, विचार र आस्थाका हिसाबले को कहाँ होला, तर यस्तो काममा राजनीति नगरौँ’ प्रसाईँले भन्नुभयो ।
    उद्दार गरेर आएकी जानकी थापामगरले दुर्गा प्रसाई आफ्नो लागि बाबुभन्दा पनि ठुलो भएर आएको बताइन् । आफुहरु जस्तै दुबईमा धेरै नेपाली अलपत्र अवस्थामा रहेको र खाना खासमेत नपाइरहेको उहाँले बताउनुभयो । आफु अलपत्र अवस्थामा तड्पीरहेको अवस्थामा प्रसाई जस्तो अभिभावक पाउनु स्वर्गदुत पाएजस्तै भएको उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.