दमक । झापाको केरखाका एक वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कमल गाउँपालिकामा पहिलो पटक कोरोनाका कारण एक जनाको मृत्यु भएको हो । केरखा बजारमा ८३ बर्षिय बृद्धलाई कोरोना पोजेटिभ देखिएको थियो ।
उनको उपचारका क्रममा आज बिहान ४ बजे धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । कमल गाउँपालिकामा पहिलो पटक कोरोनाका कारण निधन भएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लले पुष्टि गरेकि छन ।
Advertisement







