श्रावण १७ झापा । बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४को कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको छ ।
एक वडा दुई केन्द्र बनाई मंगलबार बाट वडा कार्यालय र जेष्ठ नागरिक भवनबाट वृद्ध भत्ता बितरण गरिएको हो ।

बिहान देखि दिनभर बैंकमा लाइन बस्नु पर्ने झन्झट बेहोर्नु नपर्ने गरि पालिकाका विभिन्न स्थान बाट सामाजिक सुरक्षा भत्ता वितरण हुने भएको हो ।
सनराइज बैंक बुद्धशान्ति बाट वितरण भईरहेको सामाजिक सुरक्षा भत्ता बैंकको विशेष सहयोगमा गाउँपालिकाले वडाबाट वितरण गरिएको गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले जानकारी दिए ।

आज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष प्रसाईं ,उपाध्यक्ष भवानी प्रसाद खतिवडा वडा अध्यक्ष शेर बहादुर राय सहित वडा प्रतिनिधि ,स्थानीय सामाजिक तथा राजनीतिक ब्याक्तित्वहरु,बैंक शाखा प्रमुख तथा बैंक कर्मचारी ,सुरक्षाकर्मी लगायतको उपस्तिथिमा सामाजिक भत्ता वितरण कार्यक्रम शुभारम्भ गरिएको छ।







