श्रावण १६ बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर २ लालमाटीका मृगौला पीडित कल्पना उप्रेती चुडाल र सविता उप्रेती वरालको उपचारका लागि ५० हजारका दरले आर्थिक सहयोग गरिएको छ।
साउदी अरबमा रहेका सुरसिंह बिष्टको पहलामा संकलन गरिएको सो रकम उनिहरुलाई हस्तान्तरण गरिएको वडाध्यक्ष किशोर कुमार पौडेलले जानकारी दिए ।
बिष्टको पहलमा वैदेशिक रोजगारमा रहेका नेपाली बाट रकम संकलन गरि उपचारमा सहयोग पुग्ने उदेश्यले सो रकम पीडित परिवारको घरमै पुगेर हस्तान्तरण गरिएको वडाध्यक्ष पौडेलले बताए ।
Advertisement







