श्रावण १५ बिर्तामोड । रास्ट्रिय खीर दिवसको अवसरमा एमिटी बालक्लबको आयोजनामा सामुहिक खीर ख्याएर मनाइएको छ ।

बिर्तामोड ५ मा रहेको एमिटी एजुकेशन फाउन्डेसनमा रहेको बालक्लबले आफ्ना सदस्य तथा कक्षा ७ देखि १० सम्मका बालबालिकालाई खीर पकाएर ख्याएका थिए।
क्लबका अध्यक्ष सुप्रभव पराजुलीले बिद्यालयको सहयोगले संस्कार र संस्कृतिको बारेमा पठनपाठन संगै बुझ्न र प्रयोगात्मक अभ्यास गर्न पाएकोमा खुशी ब्यक्त गरे ।

बालबालिका नै आगामी पुस्ता भएकाले पुर्खाहरुले चलाएको संस्कृति जोगाउनु हामी सबैको दायित्व भएकाले र सिक्ने उमेर पनि विद्यार्थीको भएकाले बिद्यालयमा खीर दिवस मनाएर सांकेतिक रुपमा अभ्यास बालबालिका लाई गराएको प्रधानाध्यापक आर.एस ढकालले बताए ।
किताबी ज्ञान मात्र शिक्षा नभएकाले यस्तो अभ्यास गराईएको बालक्लब फोकल पर्सन बिधानकृष्ण बस्नेतले जानकारी दिए ।
Advertisement







