• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जिसस झापाका पदाधिकारीलाई बधाई तथा सम्मान


  •    संवाददाता/ बिहिबार, साउन १२, २०७९  

  • बिर्तामोड । जिल्ला समन्वय समिति झापाका नवनिर्वाचित पदाधिकारीलाई बिहीबार बिर्तामोडमा बधाई तथा सम्मान प्रदान गरिएको छ । संवाद समूह झापाको आयोजनामा भएको कार्यक्रमका बीच प्रदेश नं. १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावागीले जिससका पदाधिकारीलाई बधाई तथा सम्मानपत्र प्रदान गरे ।

    जिसस प्रमुख विश्व बराल, उपप्रमुख शान्ता रोक्का क्षेत्री तथा सदस्यहरु कपिलमणि काफ्ले, जुनु नेपाली दर्जी, जलाल अलि, तुलसा काफ्ले बराल, देविका बसेल, रीता नेपाली र सन्तोष सोरेनलाई सम्मान प्रदान गरिएको हो । उपप्रमुख रोक्का भने हाल काठमाडौंमा रहेकोले अनुपस्थिति थिइन् ।

    Advertisement

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री सरावागीले जिससको नवनिर्वाचित टिमलाई बधाई ज्ञापन गर्दै जिल्लामा समन्वयकारी र प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे । उनले जिल्लामा भूमि सम्बन्धी समस्या, सहकारीका समस्या तथा विपन्नको जीवनस्तर उकास्ने कार्यमा जिससले समन्वयकारी भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे ।

    Advertisement

    जिसस प्रमुख बरालले आफू कार्यकारी भूमिका नभए पनि जिल्लामा समन्वयको पाटोमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । उद्देश्य मिल्ने विषयमा उनले संवाद समूह लगायतका सरोकारवालासँग सहकार्य गर्ने बताए ।

    बरालले जिससको टिम काममा विश्वास गर्ने भएकाले काम खोजेर भए पनि प्राप्त जिम्मेवारीलाई प्रभावकारी रुपमा निर्वाह गर्ने बताएका छन् । उक्त अवसरमा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले जिससको टिमलाई बधाई तथा शुभकामना ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार अर्जुन राजवंशीले गरेका थिए ।
    तस्वीरः बिनोद पाण्डे

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.