हल्दिवारीमा १२ वर्षीया बालिकालाई बलात्कार गर्नेलाई कडा कार्वाहीको माग गर्दै प्रदर्शन गरिएको छ ।
हल्दिवारी २ नं. वडा कार्यालयमा उज्यालो गोलधाप बालक्लबको आयोजनामा विद्यार्थीहरुले प्रदर्शन गर्दै बलात्कारीमाथि कार्वाहीको माग गरेका हुन् ।
त्यस्तै हल्दिबारी उद्योग बाणिज्य संघले बालिका बलात्कार घटनाप्रति घोर भत्र्सना गर्दै दोषीलाई कार्वाही तथा पीडित बालिकालाई उचित क्षतिपूर्तिको माग गरेको छ । ती बालिकाले छिमेकीबाटै बलात्कृत भएको बताएपछि परिवारजनले सोमबार जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दिएको छ ।
प्रहरीले घटनामा संलग्न ३० वर्षिय इन्द्र मण्डललाई पक्राउ गरेको छ । बालिकाको पेटमा २८ हप्ताको गर्भ रहेको स्वास्थ परिक्षण बाट थाहा भएको हो ।
पीडित बालिकाको जीवन रक्षाको माग गर्दै बालक्लबको आयोजनामा बिरोध सभा सम्पन्न गरिएको क्लबका अध्यक्ष अनुप सासंखरले जानकारी दिए।







