झापाको बिर्तामोडमा रहेको ईडन गार्डेन एजुकेसन फाउन्डेसनमा ब्यबस्थापन संकाय कक्षा ११ सुरु गर्ने भएको छ ।
२०४५ सालमा स्थापना भएको विध्यालयले विध्यार्थी र अविभावकको चाहना र मागलाई मध्यनजर गर्दै कक्षा सुरु गर्न लागेको हो । आइतवार विध्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि स्कुलका भाइस प्रिन्सिपल खेमराज शर्माले सो जानकारी दिएका हुन् ।
हाल १० कक्षा सम्म अध्यापन गराईरहेको स्कुलले अब +2 म्यानेजमेन्ट पनि सुरु गर्न लागेको हो । व्यवसायीक शिक्षा भन्दा पनि व्यवाहारिक शिक्षामा फड्को मार्ने उदेश्य रहेको शर्माले जनाए । लामो अध्ययन र योजना पश्चात् विध्यालयले +२ सुरु गर्न लागेको हो ।

त्यस्का लागि विध्यालयले एयरकन्डिसन सहितका कक्षा पनि निर्माण गरिसकेको छ । बिर्तामाेड नगर क्षेत्रभित्र दशकौ देखि ११/१२ अध्यापन गराइरहेका थुप्रौ विध्यालय छन अब इडन गार्डनमै किन आउने भन्ने पत्रकारको प्रश्नको जवाफ दिदै शिक्षक प्रकाश पाण्डेले भने -” हामी विद्यार्थीलाइ घोकाएर पास गराउने भन्दा पनि व्यवहारिक ज्ञान र पढाइ पछि उनिहरुको जीवन लाई सहज बनाउन विभिन्न बैंकका म्यनेजर , सहकारीमा काम गर्ने कर्मचारि , विभिन्न कार्यलयका अधिकृत लगायत लाई ल्याएर उनिहरुको अनुभव साझा गराउछौ । साथै प्रशासनिक अन्य काम काज पनि सिकाउछौ त्यतिमात्र नभएर आइपिअो र सेयरमा लगानी गर्न योग्य बनाउछौ ” ।
सह प्राध्यापक शर्माले ४३ जना विध्यार्थीले यसपालि आफ्नो बिद्यालय बाट एसइइ दिएका छन । ती मध्ये केहीको विज्ञानमा रुचि भएकाले उनी हरु बाहिर जाने र अरु २/४ जना तलमाथि भए पनि अन्य विध्यार्थी आफ्नै स्कुलमा अध्यायन गर्नेमा आफु विश्वस्त रहेको जनाए । साथै नयाँ भर्ना कार्यक्रममा सहभागी विध्यार्थी हरुको लक्की ड्र गराइ कम्तीमा एक विध्यार्थीलाई ल्यापटप प्रदान गर्ने योजना रहेको शर्माको भनाइ छ ।
बिद्यालयका संस्थापक प्रधानाध्यापक मोहन आचार्यले बिद्यालयका लागि नभएर विद्यार्थीका लागि अनुकुल शिक्षक द्धारा अध्यापन गराउने बताए ।







