• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

साहित्य चौतारी झापाद्वारा राष्ट्रकवि माधवप्रसाद घिमिरे स्मृति सम्मान पुरस्कार स्थापना


  •    puspa limbu/ बिहिबार, भदौ ११, २०७७  

  • बिर्तामोड । साहित्य चौतारी झापाले राष्ट्रकवि माधवप्रसाद घिमिरे स्मृति सम्मान पुरस्कार स्थापना गरेको छ ।

    साहित्य चौतारी झापाको बैठकले राष्ट्रकवि घिमिरेले नेपाली साहित्यका साथै साहित्य चौतारी झापाको स्थापनाकालदेखि हालसम्म पुर्याएको  योगदानको सम्मान गर्दै उक्त पुरस्कार स्थापना गरेको हो । उक्त सम्मान पुरस्कारका लागि एक लाख एघार हजार एक सय एघार  रुपैयाँको अक्षयकोष स्थापना गरिएको र उक्त अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष साहित्य चौतारी झापाको वार्षिकोत्सवमा साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई राष्ट्रकवि माधवप्रसाद घिमिरे स्मृति सम्मान पुरस्कार प्रदान गरिने साहित्य चौतारी झापाका संस्थापक ÷संरक्षक देवीभक्त श्रेष्ठले बताए ।

    Advertisement

    २०५६ साल असार ३१ गते स्थापना गरिएको साहित्य चौतारी झापाको संस्थापक प्रमुख अतिथि समेत रहेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई साहित्य चौतारी झापाले २०५९ सालमा झापामा अभिनन्दन गरेको साहित्य चौतारी झापाका संस्थापक ÷संरक्षक श्रेष्ठले बताए ।

    Advertisement

    २०६२ सालमा साहित्य चौतारी झापाको प्रथम स्मारिका विमोचन गरेका राष्ट्रकवि माधवप्रसाद घिमिरेले  २०७५ साल असोज १९ गते कोजाग्रत पूर्णिमाको दिन  साहित्य चौतारी झापाको दोस्रो स्मारिका विमोचन गरेको र उक्त दिन राष्ट्रकवि माधवप्रसाद घिमिरे सयवर्ष पुगेको अवसरमा उनलाई अभिनन्दन गर्नुका साथै साहित्यिक कार्यक्रम गरी राष्ट्रकवि घिमिरेको हातबाट टिकाजमरा ग्रहण गरी आशीर्वाद लिएको  साहित्य चौतारी झापाका संस्थापक ÷संरक्षक श्रेष्ठले बताए ।

    साहित्य चौतारी झापाको प्रत्येक वार्षिकोत्सवमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले शुभकामना दिएर हौसला प्रदान गर्ने गरेको उनले वताए । त्यस्तै बैठकले  ¬राष्ट्रकवि माधवप्रसाद घिमिरे, साहित्य चौतारी झापाका पूर्व कार्य समिति सदस्य साहित्यकार अमृतलाल श्रेष्ठ, समितिका सल्लाहकार सदस्य धु्रव पाठककी माता मनमाया पाठकप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

    साहित्य चौतारी झापाका वरिष्ठ उपाध्यक्ष कृष्ण सुवेदी निराकारको अध्यक्षतामा भएको बैठकमा संस्थापक ÷संरक्षक देवीभक्त श्रेष्ठ,  उर्मिला श्रेष्ठ, संस्थापक अध्यक्ष÷सल्लाहकार संयोजक शिवशंकर थापा, उपाध्यक्षहरु कृष्ण योञ्जन, हिक्मत नेम्बाङ, सहसचिव खगिन्द्रा खुसी, कोषाध्यक्षः भवानीप्रसाद गौतम, सदस्यहरु दिपक रायमाझी, देवीचरण भण्डारी, कमला नेम्बाङ, बिमला चिमरिया, सेलीङ केसी, माधव कल्पित, हेमन्ता भण्डारी, सुनिता तामाङ लगायतको सहभागिता रहेको थियो ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.