असार ३ बिर्तामोड । जनता समाजवादी पार्टीले समानान्तर जिल्ला कमिटी गठन गरेको छ। बाबुराम भट्टराई पक्षधरले झापामा पहिलो पटक समानान्तर कमिटी गठन गरेको हो ।
बिर्तामोड आयोजित एक कार्यक्रमका बिच वीर बहादुर श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय कमिटी गठन गरिएको सचिवालय सदस्य कृष्ण कट्टेलले जानकारी दिए ।
केन्द्रमा बाबुराम भट्टराई र उपेन्द्र यादव बिच पार्टी बिभाजन हुने भएपछि यसको असर जिल्ला तहसम्म देखिन थालेको छ ।
यस अघिको कमिटीको उपाध्यक्ष रहेका श्रेष्ठ समानान्तर कमिटीको नेतृत्व सम्हालेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा गठबन्धनमा जोडिएको जसपाले झापामा भने मुख्य पदमा आफ्ना उम्मेद्बार बिजयी गराउन भने सकेन ।
Advertisement







