चलचित्र बिकास बोर्डको अध्यक्षमा अरुण कुमार प्रधान लाई जिताउन झापाली चलचित्र कर्मीहरुले ऎकबद्दता ब्यक्त गरेका छन् ।
प्रदेश नम्बर १ नेपाल चलचित्रकर्मि महासंघको अध्यक्ष समेत रहेका प्रधान युवा रंग कर्मी माझ लोकप्रिय र नेतृत्व गर्न सक्ने एक कुशल ब्यक्ती भएकाले उनलाई अध्यक्ष बनाउनु पर्ने माग राखिएको छ।
अपन स्वर्ग नेपाल कला संस्कृतिको आयोजनामा झापाको बिर्तामोडमा एक कार्यक्रमका बिच प्रधानलाई झापाका चलचित्र कर्मीहरु शुभकामना दिएका हुन् ।
चलचित्र द्वन्द समाज प्रदेश १ संयोजक विपिन प्रसाईं ,अस्वनेकसं झापाका अध्यक्ष भुपु लिम्बु,उपाध्यक्ष भिम राई
कोषाध्यक्ष भिम गुरुङ,सदस्य मनिल राई लगायतको उपस्तिथि रहेको थियो ।
उनिहरुले प्रधानलाई अध्यक्ष बनाउनु पर्ने कारण सहित सो माग गरेका छन् । प्रधान निर्देशक समाज नेपालको सचिब भएर संगठनात्मम गुण र क्षमता हासिल गरेको ,कुनै राजनैतिक दलगत स्वार्थ भन्दा माथी उठेर काम गर्न सक्ने क्षमता भएको ,लामो समय चलचित्र क्षेत्रमा योगदान पुर्याएको ,कोरोना महामारिको बेला प्रदेश १ भरिका कलाकर्मिहरु लाई खोजी खोजी निजि स्रोत बाट निरन्तर राहत प्रदान,कुनै अहंकार नभएको सरल , कुशल र त्यागी ब्याक्तित्व ,३/४ बर्षमा झन्डै २ दर्जन भन्दा बढी चलचित्र र कला संग सम्बन्धित कार्यक्रम हरु गरेर चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्दै नेतृत्वदायी भुमिका खेलेको भन्दै प्रधान लाई बोर्डको अध्यक्षका लागि ऎकबद्दता जनाएको अपन स्वर्गका अध्यक्ष लिम्बुले बताए । उनिहरुले सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की समक्ष पनि सो आग्रह गरिने जानकारी दिए ।







