• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बुद्धशान्तिले दियो २८ परिवारलाई धनिपुर्जा


  •    संवाददाता/ शुक्रबार, असार ३१, २०७९  

  • झापाको बुद्धशान्ति गाउँपालिकाका अव्यवस्थित बसोबासी,भूमिहिन र सुकुम्बासीले धनीपुर्जा पाएका छन्।

    राष्ट्रिय भुमि आयोगका केन्द्रिय अध्यक्ष केशवकुमार निरौला को प्रमुख आतिथ्यतामा धनिपुर्जा वितरण भएको हो।
    बुद्धशान्ति गाउँपालिकाका वडा नम्बर २ का २८ जनाले आज आफुले भोग्दै आएको जमिनको धनीपुर्जा पाएका हुन्।

    Advertisement

    बुद्धशान्ति गाउँपालिकाद्वारा शुक्रबार पालिका परिसरमा आयोजित कार्यक्रममा अध्यक्ष निरौलाले प्रक्रिया पुरा गरेका २८जनालाई धनिपुर्जा हस्तान्तरण गरेका हुन्।

    Advertisement

    भुमि आयोगबाट अव्यवस्थित बसोबासीहरुलाई पहिलोपटक प्रमाणपत्र वितरण गरिएको अध्यक्ष निरौलाले बताए।
    उनले भने,’ यस अघि सुकुम्बासी र दलितहरुलाई धनिपुर्जा वितरणको कार्यक्रम भएको छ तर झापा बुद्धशान्तिमा पहिलोपटक अव्यवस्थित बसोबासीलाई प्रमाणपत्र प्रदान गरिएको हो।’

    मालपोत कार्यलय झापाका प्रमुख मालपोत अधिकृत योगेन्द्र प्रसाद दुलालले धनिपुर्जा वितरणको यो पहिलो चरण रहेको र यसले निरन्तरता पाउने बताए।
    बुद्धशान्तिमा शुरूवात भएको भन्दै अधिकृत दुलालले अन्य क्षेत्रमा पनि कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरेका हुन्।

    बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले बुद्धशान्तिका सम्पुर्ण भूमिहिन,सुकुम्बासी र अव्यवस्थित बसोबासीले धनिपुर्जा प्राप्त गरेको दिन आफुहरु सफल हुने बताए।
    उनले भने,’ साढे ५ हजार भन्दा बढिलाई अहिलेको अवस्थामा समेटिएको छ,उहाँहरु सबैले धनीपुर्जा पाएको दिन ऐतिहासिक दिन हुनेछ,आज त्यसको शुरूवात भयो’।

    कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी,छविलाल रिजाल,जिल्ला समन्वय समिती अध्यक्ष विश्व बराल लगायत राजनीतिक दलका प्रदेश र जिल्ला स्तरका नेताहरु सहभागी थिए।

    धनिपुर्जा प्राप्त गरेकी बुद्धशान्ति २ कि डम्बरकुमारी खड्काले जनप्रतिनिधिको कामप्रति सन्तुष्ट भएको बताईन।
    हातमा धनीपुर्जा देखाउदै उनले भनिन्, ‘धेरै बर्षदेखी आउला कि भनेर पर्खिएर बस्यौं,यसपाला त आइहाल्यो खुशी लागेको छ’।
    आयोगले बुद्धशान्तिका ७ वटै वडामा गरी ५४०० बढिको सुची तयार गरेको र आवश्यक अध्ययन गरी निस्सा र क्रमशः धनिपुर्जा वितरण गर्ने गाउँपालिका अध्यक्ष प्रसाईंले बताए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.