प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्य भाषिक एकीकरणका नायक भएको बताएका छन्।
आदिकवि आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा शुभकामना दिँदै उनले भानुभक्तद्वारा सिर्जित साहित्यिक रचनाले सम्पूर्ण नेपालीलाई एउटै भाषिक सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई बलियो बनाएको दाबी गरेका छन्।
आदिकवि आचार्यले रसिला साहित्यिक रचनाका माध्यमबाट नेपाली समाजमा आध्यात्मिक चेतना र जागरण फैलाउने काममा महत्त्वपूर्ण योगदान पुर्याएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।
Advertisement
उनले आचार्यका रचना र कृतिले तत्कालीन नेपाली समाजको यथार्थतालाई सरल तरिकाले चित्रण गर्न सफल भएको बताए।
आदिकवि आचार्य नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न र आदर्श चरित्र अवलम्बन गर्न प्रेरित गर्ने प्रेरणाको स्रोत व्यक्ति भएको उनको भनाइ छ।







