१७ असार बिर्तामोड । शैक्षिक तथा सामाजिक गतिविधिमा सकृय युवा व्यावसायि सुमन शर्मा जम्मरकट्टेल रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको बर्ष २०२२/०२३ अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।
यस अधि नै प्रस्तावित अध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान अनुसार कट्टेल सन २०२२/२३ को अध्यक्षमा चयन हुनुभएको हो ।
एक वर्षे कार्यकाल हुने रोटरीको नेतृत्व लिएका कट्टेल नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाका निर्वमान अध्यक्ष तथा देवभुमी बोडिङ्ग स्कुलका संस्थापक सहित दर्जनौं संघ संस्थामा आवद्ध हुनुहुन्छ ।
आठ वर्ष अघिबाट आवद्ध भएका हुनुभएका उहाँ सामाजिक ,शैक्षिक र राजनैतिक क्षेत्रमा कृयाशिल हुनुहुन्छ ।
Advertisement







