नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभिया) का संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।
Advertisement
ओलीलाई भेट्न बिहीबार उनकै निवास बालकोटमा पुगेका गौतमले आफ्नो अभियानबारे जानकारी दिँदै विभाजित कम्युनिष्ट पार्टी मिलेर अघि बढ्नुपर्ने धारणा राखे। गौतमले कम्युनिष्ट पार्टीबीचको एकताका विषयमा पनि कुरा भएको ओलीको सचिवालयले जनाएको छ।
गौतमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका कम्युनिष्ट नेतासँग पनि वाम एकताका विषयमा छलफल गर्ने अभियानका केन्द्रीय सदस्य निमकान्त पाण्डेले जानकारी दिए।







