१५ असार, झापा । वि.सं. २०६१ मा नेपाल सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउदै आएको छ। नेकपा एमाले बिर्तामोड नगर कमिटीले असार १५ तथा राष्ट्रिय धान दिवस कार्यक्रम हर्षोउल्लासका साथ मनाइको छ । नेकपा एमाले बिर्तामोड नगर कमिटिले बिर्तामोड ९ मा रोपाई कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय धान दिवस मनाएको हो ।

कार्यक्रममा नेकपा एमालेका झापा जिल्ला इन्चार्ज तथा पूर्व कानूनमन्त्री अग्नी खरेल, जिल्ला प्रचार बिभाग प्रमुख गोपाल काफ्ले ,जिल्ला सदस्य पबित्रा पाठक ,नगर इन्चार्ज देवराज कार्की , सचीव शेखर कडेल, वडाध्यक्ष हरि चौलागाईं ,मदन बुढाथोकी पार्टीका नेता कार्यकर्ता लगायतले धान रोप्दै कार्यक्रमको शुभारम्भ गरेका थिए । परम्परागत रुपमा सामुहिक धान रोपाइँले किसानमा उत्साह थप्ने भएकाले धान रोपाइँ जिल्ला भरीका स्थानीयतहमा एमालेले कार्यक्रम आयोजना गरिएको प्रचार प्रमुख काफ्लेले बताए ।







