१५ असार झापा । बिर्तामोड नगरपालिकाले सामुदायिक तथा संस्थागत विधालयको पठनपाठन २ दिनको लागि बन्द गरेको छ । वर्षाका कारण पठनपाठन बन्द गरिएको शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिनु भयो ।
जिल्ला भरी अविरल वर्षाका कारण अधिकांश बाटो र बिद्यालय डुवानमा परेकाले आवतजावतमा कठिनाई भएकोले बालबालिकाको स्थिति लाई ध्यानमा राखी बुधबार र बिहिवार पठनपाठन बन्द गरिएको र परिस्थिति अनुसार थप गरिने प्रमुख भण्डारीले जानकारी दिनुभयो ।
Advertisement







