• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अबिरल बर्षाका कारण झापामा डुबान


  •    संवाददाता/ मङ्गलबार, असार १४, २०७९  

  •  

    १४ असार, झापा ।
    गएरातीदेखी परेको अबिरल वर्षाका कारण झापाका अधिकांश भुभाग डुबानमा परेका छन । झापाका १५ वटै पालिकाका अधिकांश क्षेत्र डुबानमा पर्नुका साथै जलमग्न बनेका छन ।
    मुख्य तथा सहायक नदीहरुमा आएको बाढीका कारण जिल्लाभरको जनजिवन प्रभावित बनेको छ ।

    Advertisement

    Advertisement

    बाढी पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार झापाको भद्रपुर, बिर्तामोड, शनिश्चरे,दमक गौरादह, गौरिगंज आसपास भारी वर्षा मापन गरेको छ । अहिले पनि झापामा भारी वर्षा भइरहेको छ । पैनी तथा खोलाको पानी घरआँगनमा पस्दा सदरमुकाम भद्रपुर सहित सबैपालिकाका अधिकांश वडा वडा जलमग्न छन् ।

    भद्रपुर-८ मा २५ घर विस्थापित भएको छ । भद्रपुर ३, ४, ५ र ६ मा सयौँ घर डुबानमा परेको छ। मेची नदीमा पानीको बहाव बढिरहेकाले तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर सन्तोषकुमार बुढाथोकीले जानकारी दिए। देवीबस्ती, मेची किनार, बसपार्क, भानुचोक आसपासका दर्जनौँ घर जलमग्न भएको उनले बताए ।

    त्यस्तै गौरादह-९ बैगुनधुरामा १ सय घर विस्तापित हुने अवस्थामा छन । गौरादह ६ स्थित टंगुवा बस्तीमा २५ घर डुबानमा परेका छन् । घरआँगनमा २ फिटसम्म पानी जमेपछि उनीहरूलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको प्रहरी कार्यालय झापाका इन्स्पेक्टर गुरुप्रसाद तिम्सिनाले जानकारी दिए। मकलडुब्बा खोलाको पानी शिवसताक्षी-६ स्थित शिवगञ्जमा पस्दा जबरजंग दर्जी‚ मानबहादुर दर्जी र सञ्जय मल्लिकका घर डुबानमा परेका छन् ।
    गौरीगञ्ज-१ मा बनियानी खोलाले रणमाया लिम्बुको घर डुबानमा पारेको छ। गौरीगञ्ज-१ माई खोलाको पानी पस्दा बाकुबाँडीमा १५, देवीगाडामा ५ र टापु बस्तीमा १२ घर डुबानमा परेको इन्स्पेक्टर तिम्सिनाले जानकारी दिए । गौरादह-६ मा रतुवा खोला पसेर तेलिया डाँगी टापुमा परिणत भएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिए ।

    उनका अनुसार शिवसताक्षी ३ र ५, कमल १ मा कमल र बनियानी खोला पसेको छ। शिवसताक्षीमा-६ मा ४० घर डुबानमा परेका छन्। झापा-१ मिलनबस्तीमा ९० घरमा पानी पसेको सभापति ढकालले जानकारी दिए ।

    जिल्लाको मेची, निन्दा, विरीङ, कनकाई, मावा, अदुवा, बनियानी, देउनियाँ, हडिया, घाग्रामा पानी बहाव बढिरहेकाले तटबन्ध नलगाएको तटीय क्षेत्र तीव्र रूपमा कटान भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.