१३असार बिर्तामोड । झापा कनकाई ७ का शिक्षासेबी ओम बिक्रम नेङ्वाङले वृद्ध बृद्धालाई खाना खुवाएर आफ्नो जन्मदिन मनाउनु भएको छ ।
कनकाई ७ दुर्गापुरका नेङ्वाङले बिर्तामोड ४ स्थित परोपकार तथा अनुसन्धान केन्द्रमा रहेका ३५ जना बृद्ध बृद्धालाई खाना खुवाएर जन्मदिन मनाउनु भएको हो ।
यस्तै दुर्गापुरमा रहेको फक्तालुङ एजुकेशन फाउन्डेसनका संस्थापक प्रिन्सिपल समेत रहेका नेङ्वाङले बालमैत्री बिद्यालय निर्माण गर्न बिद्यालयमा बालक्लब माईन्युट लेखन तालिम संचालन गराउनु भएको र साँझपख बृद्धाश्रमका बुवाआमालाई खाना खुवाएर आफ्नो जन्मदिन मनाउनु भएको हो ।
एकैदिन बालबालिका र बृद्ध बृद्धा संग संगै बसेर सहयोग गर्न पाउँदा खुशी लागेको नेङ्वाङले बताउनु भयो ।
Advertisement







