२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र बिक्री गर्न एसईई परीक्षा नियन्त्रण कार्यालयले बोलपत्र आह्वान गरेको छ ।
कोभिड–१९ का कारण २०७७ सालमा एसईई सञ्चालन हुन नसक्दा प्रश्नपत्र पनिकामा नै राखिएको थियो ।
नियन्त्रक रायमाझीको अनुसार करिब २० करोडलागतमा छापिएको प्रश्नपत्र करिब तीन ट्रक छ । यी प्रश्नपत्र बोरामा हालेर परिसरमा राखिएको छ । यसअघि २०७६ सालको प्रश्नपत्र प्रहरीको रोहबरमा जलाइएको थियो ।
Advertisement







