• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेपाललाई झाक्रीको चेतावनी : महिलाको मात्रै अलग्गै पार्टी खोल्ने


  •    संवाददाता/ शुक्रबार, असार १०, २०७९  

  • नेकपा एकीकृत समाजवादी पार्टीभित्र मन्त्री फेर्ने विवादले उग्र रूप लिइरहेका बेला शहरी विकास मन्त्री तथा नेतृ रामकुमारी झाँक्रीले महिलाको मात्रै अलग्गै पार्टी खोल्ने चेतावनी दिएकी छिन्।

     

    Advertisement

     

    Advertisement

    नेकपा एमालेबाट विद्रोह गरेर माधव नेपाललाई नयाँ पार्टी खोल्न उक्साएकी मन्त्री झाक्रीले उनैलाई महिलाका लागि छुट्टै पार्टी बनाउने चेतावनी दिएकी हुन्।

    फिलिपिन्सको ‘द ग्याब्रिएला वुमेन्स पार्टी‘को उदाहरण दिँदै उनले नेपालमा पनि त्यस्तै पार्टीको जरुरी रहेको तर्क गरेकी छिन्।  झाँक्रीले ग्याब्रिएला फिलिपिन्सको एउटा प्रगतिशील राजनीतिक पार्टी भएको बताउँदै जसले महिलाको विषय र संसदमा महिलाको प्रतिनिधित्वबारे वकालत गर्ने उनले दाबी गरेकी छिन्।

    सरकारबाट फिर्ता हुने विषयमा छलफल गर्न बिहीबार कोटेश्वरस्थित माधव नेपालको निवासमा पुगेका मन्त्रीहरूले आफूलाई फिर्ता गराउने भए पाँच शर्त पूरा गर्नुपर्ने अडान राखेका छन्।

    उनीहरुले नयाँ मन्त्रीहरू समावेशी आधारमा छानिनुपर्ने, गैरसांसदलाई मन्त्री बनाउन नहुने, एकै जिल्लाका दुई मन्त्री बनाउन नहुने, राज्यमन्त्रीलाई मन्त्रीमा बढुवा गर्न नपाइने र राष्ट्रियसभाबाट बजेट पारित हुँदासम्म पर्खिने शर्त अगाडि सारेका छन्।

    त्यसलगत्तै बसेको पार्टीको सचिवालय बैठकले मन्त्रीका कुनै शर्त मान्य नहुने र पार्टीले गरेको निर्णय मान्नुपर्ने निर्णय गर्‍यो। बैठकले मन्त्रीहरू हेरफेरको निर्णय केही घण्टामा कार्यान्वयन हुनुपर्ने निर्णय गरेको छ।

    बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सचिवालय र स्थायी कमिटीको निर्णय बिनाशर्त लागू हुनुपर्ने बताए। ​उनले मन्त्रीहरूले पार्टी निर्णय मान्नका लागि शर्त राख्न नपाउने भन्दै स्थायी कमिटी बैठकको निर्णय नै अन्तिम शर्त हुने बताए।  त्यसपछि एकीकृत समाजवादीको विवाद झनै गहिरिएको छ।

    सचिवालय बैठकपछि अध्यक्ष नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री देउवासँग भेट गरेका थिए। तर समाजवादीको निर्णय प्रधानमन्त्रीले अझै कार्यान्वयन गरेका छैनन्।

    समाजवादीले झाक्रीसहितलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गत जेठ १७ गते नै गरेको थियो। तर पर्यटनमन्त्री प्रेम आलेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यो निर्णय कार्यान्वयन नगर्न दबाब दिएका थिए।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    ताजा अपडेट
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.