देशभरका स्थानीय सरकारले आज वार्षिक बजेट ल्याउँदै छन् ।
स्थानीय सरकारले असार १० गतेभित्र आउँदो आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार आज आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन लागेका हुन् ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा गाउँकार्यपालिका र नगरकार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आउँदो आवको राजस्व र व्यायको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।
Advertisement







