झापामा ट्याक्टरको ठक्करबाट एक युवकको मृत्यु भएको छ।
झापा गाउँपालिका ३ कत्लामारीको भित्री सडकमा मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक २० वर्षीय अख्तर अलीको मृत्यु भएको हो।
उनको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ।
Advertisement
उत्तरबाट दक्षिणतर्फ गइरहेको मे ११ प २८२२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट गइरहेको मे १ त ४४१८ नम्बरको ट्याक्टरले बुधबार ठक्कर दिएको थियो।
ट्याक्टर चालक भने फरार छन्। उनको खोजी जारी रहेको प्रहरीले बताएको छ। लाइसेन्स नभएकोले चालक फरार रहेको हुन सक्ने प्रहरीको अनुमान छ।







