निर्वाचन आयोगले आजदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ।
स्थानिय तह निर्वाचन अघि स्थगन गरिएको मतदाता नामावली दर्ता फेरी आजदेखि शुरु गर्न लागेको आयोगले जनाएको हो। सबै जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिनेछ भने अस्थायी बसोबास गरिरहेको स्थानबाट पनि नामावली दर्ता गर्न सकिने आयोगले जनाएको छ।
आयोगका अनुसार मतदाता नामावलीमा दर्ता गराउनुका साथै यो समयमा मतदाता नामावाली विवरणमा भएका त्रुटि सच्याउन, मृत्यु भएकाहरुको नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न र दोहोरो परेको नाम हटाउन सकिनेछ।
Advertisement
यस्तै गरी आयोगले वितरण गरेको मतदाता परिचयपत्र भएको तर मतदाता नामावलीमा कुनै कारणवस नाम छुटेकाले पनि नाम लेखाउन सकिने आयोगले स्पष्ट परेको छ।







