२८ जेष्ठ , अर्जुनधारा । मृगौला फेल भएर आर्थिक अभावका कारण पीडित अर्जुनधारा नगरपालिका १० कि सबिता उप्रेती बरालको उपचारको लागि वैदेशिक रोजगारमा रहेका चन्द प्रसाद बराईलीको पहलमा एक लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ।
बिर्तामोड २ का बराईलीको पहलमा साउदी अरबमा रहेका नेपालीहरुले संकलन गरेको ९३ हजार ७ सय ५० रुपैयाँँमा बिर्तामोड वडा नम्बर २ का वडाध्यक्ष किशोर कुमार पौडेलले थप ६ हजार२ सय ५० गरि १ लाख पीडित उप्रेतीको निवासमै पुगेर हस्तान्तरण गरिएको वडाध्यक्ष पौडेलले जानकारी दिए ।
अभियान कर्मी अम्बिका प्रसाईं दाहाल ,स्मिता बराईलीको समूहले उक्त रकम हस्तान्तरण गरिएको थियो । बिगत ३ बर्ष देखि पीडित बनेकी उप्रेतीको आर्थिक अभाव भएको र उपचारमा समस्या भएको बुझेर अध्यक्ष पौडेलले वैदेशिक रोजगारमा रहेका बराईली संग समन्वय गरि सो रकम हस्तान्तरण गरेका हुन् ।
लगभग १५ लाख खर्च हुने पीडितका श्रीमान् ज्ञानु बराल बताए । गाउँघरमा खेतीकिसानी गर्दै आएका बराल परिवार यति बेला सहयोगको याचना गरिरहेका छन् ।









