२४ जेष्ठ, बिर्तामोड ।आगामी जेष्ठ ३० गतेका लागि तोकिएको बिद्यालयको आन्तरिक निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।
बिर्तामोड १ स्थित मनकामना माध्यमिक बिद्यालयका कक्षा ४ देखि १० सम्मका बिद्यार्थीहरुलाई मतदान ,मतपत्र ,निर्वाचन र नेतृत्वका विषयमा जानकारी दिईएको थियो ।
प्रत्येक बर्ष विद्यार्थी माझ आफ्नो नेता छान्न निर्वाचन मार्फत मतदान प्रक्रिया बाटै स्कुल ,कक्षा र सदन क्याप्टेन ,भाईस क्याप्टेन छनौट गरिदै आएको बिद्यालयका प्रधानाध्यापक केशव ढुंगानाले जानकारी दिए ।
२०७७ बाट कोरोनाका कारण बिद्यालयका गतिविधि बन्द भएका थिए। विद्यार्थीलाई उत्प्रेरित गर्ने उदेश्यका साथ आयोजना गरिएको कार्यक्रमको सहजीकरण बिर्तामोड नगरपालिकाका पुर्व प्रशासन प्रमुख देवराज कार्की र नेपाल पत्रकार महासंघ झापाका पुर्व सचीव सन्तोष आचार्यले गरेका थिए । 
कार्यक्रममा बालबालिका तथा शिक्षा संचार मञ्चका अध्यक्ष सरोज सह प्रधानाध्यापक ध्रुव कुमार गौतम ,पौडेल फोकल पर्सन सरिता पौडेल ,शिक्षक लोकेन्द्र थपलिया लगायतको उपस्थिति रहेको थियो ।







