• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

यौन हिंसा दुरुत्साहन सम्बन्धी कानूनहरू संशोधन गर्न सरकार सकारात्मक छ-गृहमन्त्री खाँण


  •    संवाददाता/ मङ्गलबार, जेठ २४, २०७९  

  • गृहमन्त्री बालकृष्ण खाँणले यौन हिंसा दुरुत्साहन गर्न यससम्बन्धी कानूनहरू संशोधन गर्न सरकार सकारात्मक रहेको आज (मंगलबार) बसेको संसद बैठकमा बताएका छन्।

    प्रतिनिधिसभाको बैठकमा मंगलबार गृहमन्त्री खाँणले बलात्कार तथा यौन हिंसाको घटनाले प्रश्रय पाउनु नहुने बताए। उनले यौन हिंसालाई दुरुत्साहन गर्न तथा बलात्कारबाट प्रताडित नारीहरूलाई सम्मानजनक जीवन जीउन आवश्यक पर्ने कानूनी प्रावधान संशोधन गर्न सरकार सकारात्मक रहेको बताए।

    Advertisement

    उनले बलात्कारका घटनामा संलग्न पीडकलाई हदैसम्मको सजायको माग गरिने पनि उल्लेख गरे। उनले भने‚ ‘यस्तो सामूहिक बलात्कार, यौनहिंसा, बलात्कारले प्रश्रय नपाओस् भन्नका लागि यस्ता घटनामा संलगग्नहरूलाई हदैसम्मको सजायको माग गरी त्यहीअनुसार नै आवश्यक निर्णय हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु। यौन हिंसा दुरुत्साहन गर्ने, बलात्कार र सामूहिक बलात्कारमा प्रताडित भएका नारीलाई सम्मानजनक जीवन जीउने वातावरण तयार गर्न अहिलेको कानूनी प्रावधानहरूलाई संशोधन गर्नुपर्ने, परिमार्जन गर्न सरकार सकारात्मक छ।’

    Advertisement

    उनले बाँके जिल्लाको राप्ती सोनारी निवासी १६ वर्षकी किशोरीको सामूहिक बलात्कार घटनाका सम्बन्धमा आरोपीहरूलाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। मन्त्री खाँणले यौन हिंसाको सम्बन्धमा विद्यालयको पाठ्यपुस्तकमै राखेर हिंसाबाट बच्न र हिंसा भएमा कानूनी कारबाही हुनेबारे जानकारी दिइनुपर्ने बताए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    ताजा अपडेट
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.