• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हेप्पी लेण्ड फनपार्कले कनकाई नगरपालिकालाई कर नतिरी करौडौ रुपैँया आम्दामी मात्रै लिएको सार्वजनिक


  •    संवाददाता/ आइतबार, जेठ २२, २०७९  

  • झापाको कनकाई नगरपालिका ३ र २ को सिमामा संचालित हेप्पी लेण्ड फनपार्कले कनकाई नगरपालिकालाई कर नतिरी करौडौ रुपैँया आम्दामी मात्रै लिएको सार्वजनिक भएको छ ।

    फनपार्कका संचालक दिनेश शिवाकोटीले इलामको माई नगरपालिका २ मा संचालनमा ल्याएको अर्को चेप्टी फनपार्कले करोडौको सरकारी र वनको जमिन हडपेको मिडियाबाट बाहिर आएसँगै उनले आफ्नो गाउँमा बर्षौदेखि संचालनमा ल्याएको फनपार्क पनि विवादमा तानिएको छ ।सुरुमा आफ्नै पार्टनरविचमा विवाद भएर केहि चर्चामा रहेको फनपार्कले करोडौंको रकम आम्दामी गर्दा पनि कनकाई नगरपालिकालाई कर नबुझाएको सार्वजनिक भएको छ । कनकाई नगरपालिकाले तत्काल कर बुझाउन भनी पटक–पटक सेल्फी डाँडो समेत भनिने ह्रयाप्पी लैण्ड फनपार्कलाई पत्र काटे पनि अटेर गरिरहेको कनकाई नगरपालिकाले जनाएको छ ।
    फनपार्क र चेप्टीका कर्तुतहरु धमाधम मिडियामा आउन थालेपछि भने फनपार्कका मानिसहरु हामीले कसरी यत्रो बर्षको कर तिर्नेहोला सहजीकरण गरिदिनुपर्यो भन्दै हाल कनकाई नगरपालिकामा दिनहँु मानिसहरु आउने गरेको नगरपालिका स्रोतले बताएको छ ।एउटा साधरण व्यावसायिक आफ्नै वोर्ड राखेको पनि हजार रुपैँया कर लिएको भनी चर्को आलोचना भइरहेको कनकाई नगरपालिकाले बर्षमा करौडौको व्यापार गर्ने ह्रयाप्पी लैण्डसँग भने एक रुपैयाँ पनि कर नलिएपछि नगरपालिका र फनपार्कबिच के कस्तो सम्बन्ध छ भनी सर्वसाधरणले प्रश्न उठाउन थालिसकेका छन् । कनकाई नगर पालिकाको मनोरञ्जन कर शीर्षकमा हरेक टिकटबाट ५ प्रतिशत रकम नगरपालिकालाई मनोरञ्जन करवापत तिर्नुपर्ने प्रष्ट व्यावस्था छ ।यसरी हैप्पी लैण्ड फनपार्क अर्थात सेल्फी डाडाँले हालसम्म ५ बर्षमा कम्तीमा पनि करोडौ रुपैँया कर कनकाई नगरपालिकालाई तिर्नुपर्ने देखिन्छ । हेप्पीलैण्डले कम्तीमा २ सय र विशेष अवस्थामा ५ सय रुपैँया प्रतिटिकटको रकम लिएर मानिसहरु भित्र प्रवेश गराउने गरेको छ ।

    Advertisement

    हेप्पी लैण्डभित्र समेत थप सिनेमा हल समेत संचालन गरेकोले त्यसको पनि रकम जोडदा बढी हुने गरेको छ । हेप्पी लैण्डले आफ्नो दैनिक १० औं लाख रुपैँयाको कलेक्शन मनि हुने भन्दै बैँकका मेनेजर र अनुगमनमा आउने बैकका व्याक्तिलाई गेटमा राखेर प्रमाणित समेत गर्नै गरेका छन् । हप्पी लैण्डले ऋण प्रयोजनका लागि गेट मनि जति देखाएका छन् ती सबै हिसाव गरेर कनकाई नगरपालिकाले कर असुल गर्नुपर्ने माग कनकाईबासीको रहेको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.