• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडका समस्याबारे सरोकारवालासँग छलफल


  •    संवाददाता/ शनिबार, जेठ २१, २०७९  

  • बिर्तामोड नगरपालिका र नगर क्षेत्रभित्रका सरोकारवाला कार्यालय तथा संघ–संस्थाका प्रमुखहरुसँग शुक्रबार छलफल भएकाे छ । नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बिर्तामोडका समस्या के के हुन् र समाधानका लागि के कस्ता उपाय हुन सक्छन् भनी छलफल गरेका हुन् ।

    उक्त अन्तरसंवादमा नेपाल टेलिकम बिर्तामोड शाखाका प्रमुख सुमित थापाले टेलिकमका अप्टिकल फाइबर तार चोरी हुनेक्रम बढ्दै गएको अवगत गराए । पछिल्लो एक महिनामा ७ स्थानबाट टेलिकमको तार चोरी भएकाले सेवा अवरुद्व हुनुका साथै ठूलो नोक्सानी भएको जानकारी गराए ।

    Advertisement

    यस्तै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले विद्युत तथा टेलिकमका पोलमा आफू खुशी राखेका तारहरु हटाउनु पर्नेमा जोड दिए ।

    Advertisement

    यस्तै नेपाल विद्युत प्राधिकरण अनारमनीका प्रमुख सुधिरकुमार रायले सडक बिस्तार तथा निर्माण गर्दा त्यसभित्र परेका विद्युतका पोलहरु सार्नुपर्ने र त्यसका लागि पूर्व जानकारी नहुँदा बजेट अभावका कारण समस्या भएको जिकिर गरे । विद्युत पोल स्थानान्तरण गर्दा प्रक्रिया लामो तथा झञ्जटिलो हुने भएकोले त्यसको प्रकृयालाई छोटो बनाउनु पर्ने आवश्यकता औंल्याए ।

    कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी रुगमबहादुर कुँवरले बिर्तामोडमा ९६ वटा सिसी क्यामेरा जडान भए पनि गुणस्तरीय कुनै पनि नरहेको जनाए । बिर्तामोडमा मोटरसाइकल चोरीका घटना बढेको भन्दै उनले मुख्य सडकको प्रवेशद्वारमा समेत सिसी क्यामेर अनिवार्य जडान गर्नुपर्ने बताए । सम्भव भएसम्म नाइटभिजन क्यामेरा जडान गर्नुपर्नेमा जोड दिँदै डिएसपी कुँवरले सिमित जनशक्ति र सवारी साधन बावजुद पनि प्रहरीले काम गरिरहेको र बिर्तामोडमा लागुऔषधका घटनामा समेत वृद्धि हुँदै गएकाले यसको न्यूनीकरणको लागि विभिन्न कार्यक्रमहरु ल्याउनु पर्ने सुझाब दिए ।

    यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख अशोककुमार जवेगुले बिर्तामोडमा पार्किङको अभाव रहेकोले यसको व्यवस्थापन गर्नुपर्ने बताए । उनले सडकमा जडान गरिएका सिसी क्यामेरा कमसल भएकै कारण दूर्घटना गराउने व्यक्तिको पहिचान गर्न गाह्रो भएको बताए ।

    प्रमुख जवेगुले सडक बत्ती मर्मत तथा जडान गर्नुपर्ने, दूर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम ल्याउनु पर्ने, फुटपाथ व्यवसायको व्यवस्थापन गर्नुपर्ने जस्ता समस्याका बारेमा अवगत गराए ।

    यस्तै जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव यामकुमार चुँडाल, कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ, प्याब्सन, एन–प्याब्सन, मेची यातायात व्यवस्था कार्यालय लगायतका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।

    छलफलमा सहभागीहरुलाई धन्यवाद दिँदै नगरप्रमुख प्रसाईले समस्या समाधानका लागि नगरपालिका गम्भिर रहेको बताइन् । उनले सरोकारवालाहरुको उपयुक्त सल्लाह सुझावका आधारमा आगामी आर्थिक वर्ष २०७९÷८० का लागि नगरपालिकाको नीति तथा कार्यक्रम निर्माण गरिने अवगत गराइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.