काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
आज बिहान अध्यक्ष निवास खुमलटारमा मेयर शाहले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटमा संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकालाई कसरी सफा र व्यवस्थित बनाउने भन्ने विषयमा छलफल भएको प्रचण्डकाे सचिवालयले जनाएकाे छ ।
“तपाईंको जित बहुत ठूलो कुरा हो । क्रान्ति हो । पहिलेका मेयरहरू कुनै एउटा पार्टीसँग मिलेर अरू पार्टीलाई गाली गर्ने सिष्टम थियो । तर, तपाईंले पहिलो पटक सबैलाई मिलाएर सहकार्य गर्ने काम गरिरहनुभएको छ,” भेटमा प्रचण्डले बालेनलाई भने, “त्यो सराहनीय छ । त्यसैले तपाईंलाई हाम्रो सधैँ साथ र सहयोग हुनेछ।”
Advertisement







