अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्। अाजकाे प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९\८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।यस्ताेमा झापाका स्थानीय नगरपालिकामा आर्थिक वर्ष २०७९\८० का लागी सरकाले सवैभन्दा धेरै मेचीनगर नगरपालिकालाइ ८३ कराेड ५८ लाख दिएकाे छ भने सवैभन्दा कम कन्काइ नगरपालिकालाइ ३५ कराेड ७३ लाख दिएकाे छ ।
त्यस्ताै अर्जुनधारालाइ ४९ कराेड ४२ लाख,गाैरादहलाइ ५०कराेड ९७ लाख, दमकलाइ ७१ कराेड ५१ लाख, बिर्तामाेड ७० कराेड७९ लाख, भद्रपुर ४९ कराेड ८७ लाख र शिवसताक्षीलाइ ५७ कराेड १४ लाख बजेट विनियाेजन गरेकाे छ । त्यस्तै गाउपालिका तर्फ सवैभन्दा धेरै कमल गाउँपालिका ४७ कराेड २४ लाख छ भने सवैभन्दा कम हल्दिवारि ३० कराेड ९९ लाख विनियाेजन गरेकाे छ । यस्तै क्रमश कचनकवल३८ कराेड ३६ लाख,गाैरीगञ्ज ३२ कराेड ६९ लाख, झापा ३७ कराेड ०६ लाख, बाह्रदशी ३७ कराेड ३३ लाख र बुद्वशान्ति ३९ कराेड १५ लाख बजेट विनियाेजन भएकाे छ ।







