• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

डडेल्धुरा अस्पतालमा बालिकाको मृत्यु : लापरबाहीका कारण मृत्यु भएको भन्दै डा चेतराज भट्टको सरुवाकाे माग


  •    संवाददाता/ बिहिबार, जेठ १९, २०७९  

  • बिर्तामाेड, १९ । डडेल्धुरा अस्पतालमा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–५ शिराड घर भएका प्रकाश थापा मगरकी पाँच वर्षीया छोरी यनुसा थापा मगर हुन्।

    निमोनियाको आशंकामा बिहीबार बिहान ५ बजे अस्पताल भर्ना भएकी थापामगरको करिब ७ बजे मृत्यु भएको अस्पताल स्रोतले बताएको छ।

    Advertisement

    बिरामी बालिकालाई अस्पताल पुगाएको तीन घण्टा हुँदासम्म डाक्टर नआएपछि मृतक बालिकाका आफन्तले डडेल्डधुरा प्रमुख जिल्ला अधिकारीदेखि अस्पताल व्‍यवस्थापन समितिका अध्यक्षसम्मलाई गुहारेको बताएका छन्।

    Advertisement

    डाक्टरको लापरबाहीले बालिकाको मृत्यु भएको आफन्तहरूको आरोप छ। अस्पतालको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै मृतक बालिकाको आफन्तले अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाको राजीनामा र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा चेतराज भट्टको सरुवा हुनुपर्ने माग गर्दै शव उठाएका छैनन्।

    अस्पतालमा डाक्टर हुँदाहुँदै पनि बिरामी बालिकाको उपचारका लागि नआउँदा बालिकाको ज्यान गएको स्थानीय राजेन्द्र थापाको भनाइ छ।

    राति नै श्वास फेर्न गाह्रो भएर अस्पताल भर्ना भएकी यमुनालाई अस्पतालले आइसियुमा राखेको अस्तालका निमित्त मेसु भट्टको दाबी छ।

    उनले भने, ‘दुई तीनदेखि उच्च ज्वरोसहित निमोनिया भएको रहेछ, हिजो राति १२ बजेतिर श्वास फेर्न गाह्रो भएपछि आज बिहान अस्पताल आएका थिएँ, उच्च समस्याले आईसियुमा उपचार गदाँ गर्दै मुत्यु भएको हो।’

    अस्पताल विकास समितिका अध्यक्ष ओझाले भने आफूलाई ७ बजे जानकारी आएको र आफूले तत्काल उपचारको व्यवस्थापन गरेको दाबी गरे।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.