विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले आफू खुइलिएको भन्दै राजनीतिक अभिष्ट पूरा गर्ने आधार निर्माण गरिदिएको बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूलाई नखुइल्याई राजनीतिक अभिष्ट पूरा नहुने भन्नेहरूले अब राजनीतिक अभिष्ट पूरा गर्ने आधार पाएको बताए ।
मिश्रले केही दिनअघि स्थानीय तह निर्वाचनमा पार्टी पराजित भएको भन्दै अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।
Advertisement







